मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

के भने होलान् ज्ञानेन्द्रले भुटानी राजाको ‘भावुक अँगालो’ भित्र बेरिएर ? 

काठमाडौं । भुटान भ्रमणमा रहनुभएका  पूर्व राजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकसँग भेटवार्ता गर्दा बाहिर आएको एउटा तस्बिर गज्जबको  छ । साह्रै भावुक अँगालोमा  देखिनु भएको छ उहाँहरू  । भुटानी राजाको राजप्रसादमा शनिवार  भएको भेटमा कैद भएको तस्बिर सार्बजनिक भएको हो  ।

भुटानी राजाले नेपालका पूर्वराजलाई न्यानो अङ्कमालसहित स्वागत गरेको देखिन्छ यो तस्बिरमा  । त्यस अवसरमा पूर्व राजाकी सुपुत्री प्रेरणा र भतिजी शिताष्माको पनि उपस्थिति थियो ।

भुटानी राजाको निम्तोमा पूर्व राजा ज्ञानेन्द्र ५ सदस्यीय टोलीसहित भुटानको औपचारिक भ्रमणमा जानुभएको थियो  ।

उहाँ  आज बिहान स्वदेश फर्किनु भएको छ। भ्रमणका  भुटान सरकारले पूर्वराजलाई विशेष स्वागत सत्कार गरेको थियो ।

 भुटान लामो समयदेखि  संवैधानिक राजतन्त्र रहँदै आएको मुलुक हो । सानो जनसङ्ख्या भएको यो मुलुकमा नेपालका पूर्व राजाले  भ्रमण गर्नुमा कुनै दूरगामी  वा महत्त्वपूर्ण प्रभाव पार्ने सम्भावना हुँदैन। किन कि भू राजनीतिक अवस्थामा भुटानको आफ्नै कथा व्यथा छ। 

तर नेपालबाट लामो समय सक्रिय शासन गरेर बिदा भएको राजसंस्थाका एक सदस्यले भने त्यहाँ के भने होलान्, त्यो बेरिएको अङ्गालोले के बताउला भनेर सर्वत्र प्रश्न भने उठ्ने गरेको छ। 

त्यो अँगालोमा  पूर्व राजा ज्ञानेन्द्रले मुखले केही नभन्नु एउटा कुरा हो। तर मन मनै भन्नु भयो होला –  नेपालमा जनताको भावना अनुसार  राज्य सञ्चालन गर्न जानेको भए अहिले म पनि तपाई जतिर्कै शक्तिशाली भएर बस्थेँ, तर जानिन, मैले गद्धि त्याँगे, आफ्नै कारणले तपाई गद्धिमा हुनुहुन्छ, त्यो पनि तपाइकै कारणले । 

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १० : ३४ बजे