मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

लाभग्राहीको सङ्ख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले विपद्बाट लाभग्राहीको सङ्ख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले यसरी लाभग्राहीको सङ्ख्या यकिन गरेर आएको खण्डमा तीन दिनभित्रै अस्थायी आवासका लागि रकम निकासा गर्ने जानकारी गराएको हो ।

गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबानलगायतबाट प्रभावित जिल्लालाई चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरी पठाउन निर्देशन भइसकेको जानकारी दिनुभयो । गृह मन्त्रालयमा शनिबार आयोजित एक कार्यक्रममा उहाँले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवासका लागि रकम निकासा गर्ने प्रस्ट पार्नुभयो ।

गृहमन्त्री लेखकले विपद्मा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै मृतक परिवारमा श्रद्धाञ्जलि तथा पीडित परिवारमा समवेदना पनि प्रकट गर्नुभयो । उहाँले घाइतेहरुको सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिँदै उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

गृहमन्त्री लेखकले अहिले मृतकका परिवारलाई रु दुई लाख राहत दिने निर्णय गरेर जिल्लाहरुमा रकम पठाइसकिएको बताउँदै सम्बन्धित जिल्लाले पीडितलाई राहत रकम वितरण गरिरहेका जानकारी दिनुभयो । उहाँले उद्धार, राहत र पुनःस्थापनामा सरकारी गम्भीर भएर लागेको उल्लेख गर्नुभयो ।

यही असोज १० देखि १२ गतेसम्म आएको मनसुनी वर्षाका कारण देशभर गरेर दुई सय ३९ जनाको मृत्यु भएको छभने अझै १९ जना हराइरहेका छन् । अर्बौंको भौतिक संरचनामा क्षति पुगेको छ । अहिले पनि बिपी राजमार्गलगायत कति राजमार्ग सञ्चालन हुन सकेका छैनन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : १९ बजे