‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

कागेश्वर मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौँ थली बस्ने २७ वर्षीय राजमान तामाङको आज बिहान मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १२ : १४ बजे