मस्को । रूसी सेनाले पूर्वी युक्रेनको कुराखोभ सहर नजिकैको अर्को गाउँ कब्जा गरेको शनिबार जनाएको छ ।
रूसी सेनाले युक्रेनको डोनेट्स्क क्षेत्रमा रहेको झेलानोय भ्टोरोयको बस्तीलाई “स्वतन्त्र” बनाएको रक्षा मन्त्रालयले जनाएको हो । रुसी सेनाको खतरामा रहेको पोक्रोभस्क नजिक अवस्थित यो गाउँ युक्रेनी सेनाका महत्वपुर्ण केन्द्र हो ।
गोर्लिभ्का सहरमा खटिएका रुसी अधिकारीहरूले शनिबार युक्रेनी पक्षको गोलाबारीमा ११ जना सर्वसाधारण घाइते भएको बताएका छन् भने रूसले युक्रेनको सिमानामा रहेको बेलगोरोड, भोरोनेज र कुर्स्क क्षेत्रमा रातारात १० युक्रेनी ड्रोन खसालेको रक्षा मन्त्रालयले जनाएको छ ।
भोरोनेजका गभर्नर अलेक्जान्डर गुसेभले टेलिग्राममार्फत युक्रेनी ड्रोनले एक जना सर्वसाधारणलाई घाइते बनाएको बताउनुभएको छ । यसैगरी युक्रेनको जापोरिजिया क्षेत्रमा भएको रूसी हमलामा दुई जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर इभान फ्योडोरोभले टेलिग्राम मार्फात जानकारी गराउनुभएको छ ।
रूसले सन् २०२२ फेब्रुअरी मा युक्रेनमा आक्रमण सुरु गरेको थियो । त्यसपछिको श्रृङ्खलाबद्ध आक्रमणपछि, रूसी सेनाले सन् २०२३ देखि युक्रेनको जमिन कब्जा गरी हाल निरन्तर युद्धलाई अगाडी बढाइ रहेको छ ।
प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार ४ : ३१ बजे
प्रतिक्रिया