‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वालाई

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ । 

फुङलिङ नगरपालिकालाई ३–० को सोझो सेटमा हराउँदै सिदिङ्वा गाउँपालिकाले उपाधि जितेको हो ।

उपाधिसँगै सिदिङ्वा गाउँपालिकाले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ नगदका साथ सिरिजंगा लिपि अङ्कित २ सय ६१ तोला चाँदीको रनिङ ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ । 

त्यस्तै, उपविजेता भएको फुङ्लिङले नगद १ लाख ५१ हजार १ सय ५१ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

फुङलिङलाई हराउने क्रममा सिदिङ्वाले २५–१९,२५–२१ र २५–१६ को नतिजा निकाल्यो । 

यस्तै, प्रतियोगितामा सान्त्वना हुने पाथीभरा याङ्वरक गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाले जनही नगद ५५ हजार ५ सय ५५ रुपैयाँका दरले रकम तथा ट्रफी,मेडल र प्रमाणपत्र भएका पाएका छन् ।

गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बिजयी टिम तथा खेलाडीलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।

 

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ८ : २७ बजे