एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

डाफेज् र गैडाज् नेपाली शान र राष्ट्रका गौरव

सामाजिक सञ्जालमा रोइलो मच्चाउनेहरुले भाषाको राजनीति बुझन आवश्यक

भाषाकै आधारमा नेताहरूको बौद्धिकता नापिने हो भने अमेरिकाका राष्ट्रपति जो वाइडेले आफ्नो मातृभाषा अङ्ग्रेजीबाट आफ्ना अभिव्यक्ति दिन सक्छन् होला, तर उनले नेपाली, हिन्दी वा चाइनिजबाट किन दिन सक्दैनन् । के उनले चीनमा गएर चिनियाँ भाषा फररर वोलेनन भने त्यहाँ उनको र अमेरिकाको मान मर्दन हुन्छ ? त्यस्तै चीनका राष्ट्रपति सी जिनपिङ्खले आफ्नो भाषा मन्दरीन वा चाइनिजबाट आफना अभिव्यक्ति दिन सक्छन् होला, तर अंग्रेजी हिन्दी वा नेपालीमा किन दिन सक्दैनन ? उनी भारत भ्रमणमा जाँदा हिन्दीमा फररर बोल्न सकेनन् भने त्यो विषयलाई लिएर चिनियाँहरूले उनको र चीनको मान मर्दन भएको सम्झन्छन् र ? त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दीमा आफना अभिव्यक्ति फररर दिन सक्छन् होला तर चिनियाँ वा अन्य भाषामा किन दिन सक्दैनन् ? के उनी चिन जाँदा चिनियाँ भाषामा आफ्नो अभिव्यक्ति दिन सकेनन् भने त्यहाँ उनको र भारतको मान मर्दन भएको भारितीयहरुले महसुस गर्छन् होला ? यदि गर्दैनन् भने ओलीको अभिव्यक्ति (डाफेज् गैडाज्) को विषयलाई लिएर सामाजिक सञ्जालमा हामी नेपालीहरू किन रोइलो मच्चाइरहेछौ ? यो प्रश्नको उत्तर कसले दिने ?

हाम्रा देशका प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूयोर्कमा सम्पन्न भएको ७९ औँ संयुक्त राष्ट्र संघको महासभामा भाग लिने क्रममा २० देखि ३० सेप्टेम्बर, २०२४ सम्म संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नु भएको थियो । उहाँले न्यूयोर्कमा भएको ७९ औँ संयुक्त राष्ट्र संघको महासभामा सेप्टेम्बर २६ मा विश्व शान्ति, जलवायु परिवर्तन र दिगो विकासका लागि नेपालको प्रतिबद्धता विषयमा आफ्नो दृष्टिकोण राख्नु भएको थियो । यो भ्रमणको अवधिमा ओलीको विभिन्न विश्वव्यापी नेताहरूसँग उच्चस्तरीय द्विपक्षीय बैठक र भेटघाटहरू सम्पन्न भए । उहाँले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, कुवेतका युवराज शेख सबाह खालिद अल हमाद अल–मुबारक अल–सबाह, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, फिनल्याण्ड, सामोआ र युरोपेली परिषद्का नेताहरूसँग उहाँको द्धिपक्षिय भेटघाट समेत भएको थियो । भ्रमणका क्रममा ओलीले न्यूयोर्कमा नेपाली समुदायका सदस्यहरू (नेपाली डायस्पोरा) सँगको अन्तरक्रिया र भेटघाट गर्नु भएको थियो । उहाँले नेपालको आर्थिक बुद्धिलाई उजागर गर्दै विदेशमा रहेका नेपाली नागरिकलाई राष्ट्रको विकासमा योगदान पु¥याउन प्रोत्साहित गर्दे आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

ओलीको यो भ्रमणमा उहाँले भविष्यको शिखर सम्मेलनमा सहभागिता जनाउदै त्यसको सह–अध्यक्षता पनि गर्नुभयो र जलवायु परिवर्तन, प्राविधिक विकास, र विश्वव्यापी असमानताहरू जस्ता समस्याहरू समाधान गर्न दीर्घकालीन रणनीतिहरूबारे उहाँले नेपालको दृष्टिकोण राख्नुभयो । यो भ्रमणमा प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा आयोजित नेपालको लोकतन्त्र र आर्थिक प्रगतिका विषयमा सम्बोधन गर्नुभएको थियो । त्यस्तै सेप्टेम्बर २७ मा, ओलीले हावर्ट विश्वविद्यालयमा जलवायु परिवर्तन र नेपालको संक्रमणकालिन न्यायको विषयमा सम्वोधन गर्नु भएको थियो । हार्वर्ड युनिभर्सिटीको फोरम (जुन विश्वका विरलै नेताहरुले सम्वोधन गर्न पाउँछन) त्यहाँ ओलीले जलवायु परिवर्तनका कारण नेपालले सामना गरिरहेका चुनौतीहरूबारे विस्तृत छलफल गर्नु भएको थियो ।

प्रधानमन्त्री ओलीको यो भ्रमणको क्रममा खासगरि कोलम्विया विश्व विद्यालयमा प्रयोग गरेको अंग्रेजी र हावर्ट विश्व विद्यालयमा प्रयोग गरेको नेपाली भाषा (डाँफेज्, गैडाज्) को विषयलाई लिएर अहिले उहाँ र उहाँको विचारसँग असहमत हुने अराजक समुहहरुले सामाजिक सञ्जालमा आलोचना (रोइलो) मच्चाई रहेका छन । कतिपयले उहाँलाई अंग्रजी फररर् बोल्न नजानेको र विदेशी फोरममा नेपालको मानमर्दन गरेको जस्ता तल्लोस्तरको आरोप पनि लगाइरहेका छन । ओलीको यो अभिव्यक्तिप्रति सतही टीप्पणी गर्ने अराजक समुहका व्यक्तिहरुप्रति लक्षित केही सान्दर्भिक प्रश्नहरु उठाउने जमर्को यो आलेखमा गरिएको छ ।
के केपी शर्मा ओली अंग्रेजी भाषा वोल्न जान्नुहुन्न ? अंग्रेजी भाषा फररर वोल्दैमा व्यक्तिको वौद्धिकता झल्किने हो ? अंग्रेजी भाषामा आफना अभिव्यक्तिहरु दिदैँमा राष्ट्रको गौरव र प्रतिष्ठा वढ्ने हो ? यहाँ सवैले बुझनु पर्ने कुरा के हो भने केपी शर्मा ओली आफना अभिव्यक्तिहरु नेपाली भाषामा जति राख्नु सक्नुहुन्छ, अंग्रेजी र हिन्दी, मैथली भाषामा पनि त्यतिकै द¥हो हिसावले आफना अभिव्यक्ति राख्न सक्नुहुन्छ । अर्को बुझनु पर्ने कुरा के हो भने केपी ओलीको वौद्धिकता र व्यक्तित्व अंग्रेजी भाषाका माध्यमवाट दिइइको अभिव्यक्तिवाट मात्रै होइन, उहाँको बुझाई, व्यवहार र योगदानवाट नापिनु पर्दछ ।

भाषाकै आधारमा नेताहरुको वौद्धिकता नापिने हो भने अमेरीकाका राष्टपति जो वाइडेले आफनो मातृभाषा अंग्रेजीवाट आफना अभिव्यक्ति दिन सक्छन होला, तर उनले नेपाली, हिन्दी वा चाइनिजवाट किन दिन सक्दैनन् । के उनले चीनमा गएर चिनियाँ भाषा फररर् वोलेनन भने त्यहाँ उनको र अमेरीकाको मान मर्दन हुन्छ ? त्यस्तै चीनका राष्टपति सी जिनपिङ्खले आफनो भाषा मन्दरीन वा चाइनिजवाट आफना अभिव्यक्ति दिन सक्छन होला, तर अंग्रजी हिन्दी वा नेपालीमा किन दिन सक्दैनन ? उनी भारत भ्रमणमा जाँदा हिन्दीमा फररर् वोल्न सकेनन भने त्यो विषयलाई लिएर चिनियाँहरुले उनको र चीनको मान मर्दन भएको सम्झन्छन र ? त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दीमा आफना अभिव्यक्ति फररर दिन सक्छन होला तर चिनियाँ वा अन्य भाषामा किन दिन सक्दैनन ? के उनी चिन जाँदा चिनियाँ भाषामा आफनो अभिव्यक्ति दिन सकेनन भने त्यहाँ उनको र भारतको मान मर्दन भएको भारितीयहरुले महसुस गर्छन होला ? यदि गर्दैनन भने ओलीको अभिव्यक्ति (डाफेज् गैडाज्) को विषयलाई लिएर सामाजिक सञ्जालमा हामी नेपालीहरु किन रोइलो मच्चाइरहछौ ? यो प्रश्नको उतर कसले दिने ?

हाम्रो देश नेपालमा कुनै भारतीय नेता, चीनियाँ नेता, वा अमेरीकन नेताले आफना अभिव्यक्ति दिने हो भने उनीहरुकै भाषाको प्रयोग गर्दछन र आफनै भाषामार्फत उनीहरुको सार्वभौमिकता, भुगोल, इतिहास र देशप्रति गर्व गर्ने विषयहरु विश्व समुदायमाझ राख्दछन । उनीहरुले आफना अभिव्यक्तिमा नमस्ते, भनेर एउटा नेपाली शव्द ओकल्दा पनि हामी नेपालीहरुलाई गर्व लाग्छ । उनीहरुले एउटा नेपाली शव्द वोल्दा गर्व गर्ने हामी नेपालीहरुले विदेशी फोरममा नेपालका आफनै ओज र विशेषता झल्कने र नेपालका गौरव वोक्ने डाँफे र गैडाको अंग्रजी नाम नजानेर केपी शर्मा ओलीले त्यसलाई डाँफे र गैडाज भन्नु भएको होइन, ती शव्दहरुको अन्र्तराष्टियकरण गर्न खोज्नु भएको हो भन्ने कुरा यी सामाजिक सञ्जालमा रोइलो मच्चाउनेहरुले कहिले बुझने होला ? केपी शर्मा ओलीले नेपालमै डाँफे र गैडालाई अंग्रेजीकरण नगरी नेपालीमै यसको पहिचानलाई उचाइमा राख्ने अभिव्यक्ति दिएका ओलीले अमेरीकाका फोरममा डाँफे र गैडाजको अंग्रेजीकरण नगरि यसको नेपाली भाषामा अन्तराष्टियकरण गर्दा र यो अभिव्यक्तिमार्फत नेपालको भाषाको गरिमा वढाउदा केही मानिसहरुलाई टाउको किन दुखेको होला ? किनकी, यी मानिसहरुले भाषाको राजनीतिलाई र यो राजनीतिमार्फत देशको गरिमा कसरी बढछ भन्ने विषयलाई बुझन सकेका छैनन ।
संसारमा भाषाको विषयलाई लिएर हिजो पनि र आजपनि निकै ठुलो राजनीति भएको छ । स्थानीय तहदेखि अन्र्तराष्ट्रियस्तसम्म भाषाको पहिचानकालागि निकै ठुलो वकालती आन्दोलन, लडाई र राजनीति भएका छन । भाषाको राजनीतिले समाजमा भाषिक शक्ति, सम्बन्ध, प्रभुत्व, पहिचान, र सामाजिक समानताका मुद्दाहरूलाई उजागर गरेको कुरा यि अराजकहरुको समुहलाई थाहा छैन । भाषा हरेक मानिसको, समाजको, देशको पहिचान हो, जसकालागि व्यक्ति, समाज र राष्ट्रले लडेका ठुला ठुला लडाई र वकालती आन्दोलनहरुका इतिहास र वर्तमानहरुवारे यिनीहरुलाई केही थाहा छैन ।

भाषा र र शक्ति बीचरहेको सम्वन्ध, भाषाकाकारण निर्धारण हुने शक्ति सम्बन्ध, त्यो समाजको सामाजिक–राजनीतिक पृष्ठभूमि, र सांस्कृतिक प्रभुत्वकावारेमा यी सामाजिक सञ्जालमा रोइलो मच्चाउनेहरुलाई केही मतलव छैन । भाषाको राजनीतिले वोकेको राष्टिय ओज, भाषाकाकारण स्थापीत हुने पहिचान अझ राष्ट्रिय पहिचानको विषयमा यिनीहरुले केही बुझेका छैनन । भाषाको आफनो राष्ट्रवाद हुन्छ, भाषिक राष्ट्रवादका आधारमा आफनो राष्ट्रको गौरव र पहिचान वढछ भन्ने कुरा यिनीहरुलाई थाहा छैन । भाषाको उपयोग र प्रयोग मार्फत देशको राजनीतिक, सामाजिक, र आर्थिक पक्षलाई अन्र्तराष्टियकरण गर्न सकिन्छ भन्ने कुरा यिनीहरुले बुझेका छैनन । आज यो भाषिक राजनीतिमा पोख्त देशहरुले खासगरी मिडिया, शिक्षा, र सार्वजनिक भाषामा कसरी भाषिक रणनीतिहरू प्रयोग गरेर आफना विचारहरु फैलाइरहेका छन भन्ने कुराको यिनीहरुलाई अत्तोपत्तो समेत छैन ।

नेहरुलाई के थाहा छ भने केपी शर्मा ओलीले विदेशी फारेममा डाँफेको अंगेजी नाम नजानेर डाँफेज् भने, गैडाज्को अङ्ग्रेजी नाम नजानेर गैडाज् भने भन्ने मात्रै थाहा छ । तर केपी ओलीले यसको अंग्रेजी नाम नजानेर होइन, नेपालको खास विशेषता बाेकेका यी हाम्रा सम्पत्ति, सम्पदा र गौरवका डाँफे र गैँडाको नेपालीकरण गरेर देशको गौरव बढाउन यो भाषा प्रयोग गर्नु भएको हो भन्ने सामाजिक सञ्जालमा रोइलो मच्चाउने यी दरिद्रहरूले कहिले थाहा पाउने होला ?

अन्तमा, भाषा देशको गौरव हो । आज यो भाषाको ओजलाई अंगेजीकरणले छायाँमा पारेको छ । हाम्रा माउ भाषाहरू संस्कृत र नेपाली भाषाहरू अग्रेजी भाषाकै कारण ओझेलमा परेका छन् । हाम्रो भाषा ओझेलमै परेको कारण हाम्रो धर्म संस्कृति, समाज, अर्थतन्त्र र राजनीति सबै ओझेलमा परेको छ । हाम्रो भाषा खुम्चिएकै कारण विश्व जगतमा हाम्रो आयतन पनि खुम्चिएको छ । त्यसैले आजको आवश्यकता भनेको नेपाली भाषाको अन्तर्राष्ट्रियकरण हो । तर हाम्रा प्रधानमन्त्रीले विदेशी फोरममा वोलेका दुई वटा शब्दहरू गैडाज र डाफेजको अन्तर्राष्ट्रियकरण गर्दा सामाजिक सञ्जालमा आंतक मच्चाउनेहरूले नेपाली भाषाको अन्तर्राष्ट्रियकरण गर्दा कति रोइलो मच्चाउने हुन ? यो भने भविष्यले बताउने छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ६ : ४० बजे