आन्तरिक हवाई उडानमा अत्यधिक चाप

नेफेजको अध्यक्षमा कार्की निर्वाचित

काठमाडौँ।नेपाल वातावरण पत्रकार समूह (नेफेज)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित हुनुभएको छ । नेफेजको आज भएको ३९औँ साधारणसभापछि भएको मतदानमा कार्कीले ४५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गर्नुभयो ।

कुल १०४ मतदाता रहेकामा निर्वाचनमा ७४ मत खसेको प्रमुख निर्वाचन आयुक्त डा रवि शर्मा अर्यालले जानकारी दिनुभयो ।

यसैगरी, उपाध्यक्षमा टीका बन्धन ४१ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी सुरेश शर्माले ३२ मत प्राप्त गर्नुभएको छ ।

महासचिवमा कमलदेव भट्टराई, सचिव (महिला)मा सृष्टि काफ्ले र कोषाध्यक्षमा भीष्मराज ओझा निर्विरोध निर्वाचित हुनुभएको छ ।

दुई सदस्य (पुरुष)का लागि भएको निर्वाचनमा यम बम र रामप्रसाद भण्डारी विजयी हुनुभएको छ । बमले ५४ र भण्डारीले ४६ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन आयुक्त अर्यालले बताउनुभयो । सदस्यका अर्का उम्मेदवार प्रकाश रिमालले ३० मत प्राप्त गर्नुभएको छ ।

कूल ११ सदस्यीय कार्यसमितिका लागि भएको मतदानमा दुई महिला सदस्य र दुई विज्ञ सदस्यको उम्मेदवारी नपरेकाले उक्त पदहरूमका नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ६ : ०१ बजे