काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुबानबाट बढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सरकार समक्ष सिफारिस गरेको छ ।
गृहमन्त्री रमेश लेखक नेतृत्वको समितिको शुक्रबार बसेको बैठकले १४ जिल्लाका बढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा सरकारलाई सिफारिस गरेको हो ।
पाँचथर, ओखलढुंगा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, ललितपर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रे जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सिफारिस गरिएको बताइएको छ ।
प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार ५ : ५४ बजे
प्रतिक्रिया