सामाजिक सुरक्षाकाे अवधारणा एमालेले ल्याएको हो : अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाकाे अवधारणा आफूहरुले ल्याएकाे बताउनु भएकाे छ ।

आज  झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले 'खासगरी सामाजिक सुरक्षाकाे अवधारणा हामीले ल्याएका हाैं,जहाँ जहाँ आवश्यक छ त्यहाँ त्यहाँ पुर्‍याउने काेशिस गरेका छाैं,ज्येष्ठ नागरिकदेखि एक महिलासम्म ।' उहाँले जेष्ठ नागरिकबाट सुरु गरेकाे समाजिक सुरक्षा भत्ता शारीरिक रुपमा अशक्त भएका व्यक्तिले पनि पाउनेगरी व्यवस्था गरेको बताउनु भएको छ ।

अध्यक्ष ओलीले भाेलि आफूहरु फेरी सरकारमा हुने  र सामाजिक सुरक्षाकाे अवधारणालाई अझ व्यापक बनाउने बताउनुभयाे । उहाँले देश बनाउनका लागी नेकपा एमाले सरकारमा हुनैपर्ने बताउनुभयाे ।

अध्यक्ष ओलीले अपांगताका भएका व्यक्तिलाई कर्तव्यकाे हिसाबले सधैं आफ्नाे सहयाेग रहने बताउनु भएको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ५ : ५५ बजे