काठमाडौं – बिहीबार साँझ ९ बजेसम्म दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यले प्रधानमन्त्रीमा दाबी पेश नगरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
बहुमत प्राप्त भएको कुनै पनि सदस्यले प्रधानमन्त्रीमा दाबी पेश नगरेपछी संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा सबै भन्दा ठूलो दलको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने भएको छ ।
प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार ९ : ४२ बजे
प्रतिक्रिया