‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मन्त्री महतोद्वारा बालगृह स्थापनाका लागि स्थलगत अनुगमन

दमौली  । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढकालटारमा बालगृह स्थापनाका लागि स्थलगत अनुगमन गर्नुभएको छ ।    

नेपाल विद्युत् प्राधिकरणका स्वामित्वमा रहेका जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्ने भएको छ ।

प्राधिकरणको स्वामित्वमा रहेको जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर बालगृह स्थापनाको कामलाई छिटो अगाडि बढाउनुपर्ने मन्त्री महतोले बताउनुभयो । अनुगमनका क्रममा मन्त्री महतोले सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय पोखराका इञ्जिनीयरलाई स्टिमेट गर्न निर्देशन दिनुभयो ।    
    
ढकालटारमा प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ । त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गर्न लागिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

अनुगमनमा सहभागी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बालगृह निर्माणका लागि गाउँपालिकाले गर्नुपर्ने सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  १२ : १५ बजे