सुनको मूल्यमा नयाँ कीर्तिमान

सेसेल्समा नेपालीलाई रोजगारीको अवसर

काठमाडौँ  –  नेपालका लागि गणतन्त्र सेसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले नेपाली कामदारलाई सेसेल्समा रोजगारी उपलब्ध गराउने बताउनुभएको छ  ।

आज श्रम मन्त्रालयमा भएको एक कार्यक्रममा बोल्दै  राजदूत पिल्लेले नेपाली कामदारलाई सेसेल्समा रोजगारी उपलब्ध गराउने बताउनुभएको हो । नेपाली कामदारलाई सेसेल्समा रोजगारी उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकारसमक्ष प्रस्तुत श्रम सम्झौताबारे पनि छलफल भएको छ । 

सेसेल्स सरकारले सुरक्षागार्ड बाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजान चाहेको जानकारी दिँदै राजदूत पिल्लेल खुला र उदार अर्थव्यवस्था भएको सेसेल्स नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुनुसक्ने बताउँदै सेसेल्स जान श्रमिकले आर्थिक लगानी गर्नु नपर्ने जानकारी दिनुभएको थियो । 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ५ : १२ बजे