सुनको मूल्यमा नयाँ कीर्तिमान

नेप्से ७१ दशमलव २० अंकले बढ्याे

काठमाडौं  । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ७१ दशमलव २० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज कोरोबार रकममा पनि बढेको छ । दुई सय ३१ कम्पनीको पाँच अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार नेप्सेमा करिब साढे चार अर्बको कारोबार भएको थियो । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ३२ करोड सात लाखभन्दा बढीको कारोबार भएको छ ।  

नेप्सेका अनुसार आज २९ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसअन्तर्गत १५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने १४ कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले बढेका छन् । 

यस्तैगरी, आज सबैभन्दा बढी गिरावट आउनेमा गोर्खाज फाइनान्स रहेको छ । आज फाइनान्सको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।   

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ४ : ०८ बजे