बाढीको स्थितिमा सुधार

गृह जिल्ला झापामा रहनुभएका अध्यक्ष ओली आज पनि व्यस्त, अस्पतालदेखि भ्यूटावर सम्मको निरीक्षण गर्नुहुने 

काठमाडौँ ।  झापामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दोस्रो दिन पनि व्यस्त रहनुहुने भएको छ ।

अध्यक्ष ओलीले बिहान साढे ९ बजे दमक बजार प्रवेश गर्ने प्रवेशद्वार उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी, साढे १० बजे दमक अस्पताल भवनको निरीक्षण, साढे ११ बजे दमक ३ मा निर्माणाधीन भ्यु टावरको निरीक्षण र सुरक्षित आवास अन्तरगतका घर हस्तान्तरण गर्नुहुने कार्यक्रम रहेको छ । 

यस्तै, अध्यक्ष ओलीले साढे १२ बजे दमक ४ मा अपाङ्गता भएकाहरूलाई ह्विल चेयर वितरण गर्नुहुने कार्यक्रम रहेको एमाले प्रदेश १ का सदस्य एवं ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुसार साढे २ बजे शान्ति मार्गबाट निर्माणाधीन दमक सभाहल जाने सडकको शिलान्यास र क्याम्पस मोड आम्दा सडकको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि निर्माणाधीन क्याम्पस भवनको निरीक्षणको कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीले आज अपराह्न ४ः०० बजे दमकमा जारी स्वास्थ्य शिविरको समापन र दमकका सबै वडा कार्यलयहरुको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विभिन्न कार्यक्रमहरूमा सहभागी हुन उहाँ शनिवार गृह जिल्ला झापा प्रस्थान गर्नुभएको थियो । 

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ९ : १३ बजे