दलित गाउँका पहिलो शिक्षक

एनआरएनए निर्वाचन फेरि स्थगित

लण्डन । गैरआवासीय नेपाली संघको आइतबार र सोमबार हुने भनिएको निर्वाचन पुनः स्थगित भएको छ ।  

संघको प्रतिनिधि विवाद टुंग्गो  लाग्न नसक्दा फेरि निर्वाचन रोकिएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन समितिले शनिवार एक विज्ञप्ति जारी गर्दै हालसम्म  मतदाता सूची प्राप्त नभएकाले निर्वाचन मिति सहितका सबै कार्यतालिकापछि प्रकाशित गरिने भन्दै निर्वाचन प्रकृया स्थगन गरेको छ ।

निर्वाचन समितिको विज्ञप्तिमा “गैरआवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सुची पूर्ण रुपमा प्राप्त नभईसकेकाले छानबिन प्रक्रिया प्रभावित भई यसअघि प्रकाशित गरिएका कार्यतालिका स्थगन गरिएकोमा हालसम्म पनि मतदाता सुची प्राप्त नभएकाले निर्वाचन मिति सहितका सबै कार्य तालिका पछि प्रकाशित गरिने व्यहोरा अनुरोध छ ।” उल्लेख गरिएको छ ।

संघभित्र प्रतिनिधि छनोटलगायतका विवाद मिलाउन अध्यक्ष कुमार पन्तले यस अघिनै संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डित, डा.यादव पण्डित, एनआरएनए सचिव गौरीराज जोशी र संघका प्रवक्ता डिबी क्षेत्री रहेको चार जना रहेको समिति गठन भएको थियो । तर, समिति प्रतिनिधि विवाद मिलाउन छोडेर भागबण्डामा केन्द्रीत भएपछि विवाद आएको  हो  ।

भागबण्डा प्रस्तावलाई अध्यक्षका प्रत्यासी डा.बद्री केसी र रविना थापाले अस्वीकार गर्दै निर्वाचन माग गरेका छन् ।

यसअघि पाटन उच्च अदालतले संघको निर्वाचनको बाटो खोल्दै डिसेम्बर महिनाभित्र निर्वाचन गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ८ : ३० बजे