बाढीको स्थितिमा सुधार

 माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ । 

आठौँ महाधिवेशनमा परिवर्तन गरिएको प्रथम राष्ट्रिय सम्मेलनको कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो १ बजे उद्घाटन हुनेछ ।

माओवादी स्थायी समिति बैठकले सम्मेलनलाई शनिवार मात्रै महाधिवेशनमा रूपान्तरण गरेको थियो । महाधिवेशनमा रूपान्तरण गर्ने निर्णयलाई अनुमोदन गर्न अहिले ८ बजे केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

नयाँ नेतृत्व चयन गर्ने सम्मेलनका लागि देशभरका प्रतिनिधि राजधानी काठमाडौँ आइसकेका छन् । सम्मेलनमा १ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । जसमा १ सय४८ जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  मनोनीत गर्नुभएको छ  ।

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ८ : ०८ बजे