बाढीको स्थितिमा सुधार

 देशभर चिसो बढ्यो, आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह

काठमाडौँ । नेपालमा देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। 

हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भू–भागको एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको र तराईका भू–भागहरूमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ  ।

महाशाखाका अनुसार यो साता नै  देशको अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम घट्ने भएको छ । 

साताको सुरुमा देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात र थोरै स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको औँल्याएको छ ।

देशको पहाडी भू–भागमा साताको सुरुमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ तथा बागमती प्रदेशको एक दुई स्थानमा हल्का वर्षा र साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा, थोरै स्थानमा मेघ गर्जन चट्याङसहित वर्षा र एक–दुई स्थानमा असिनाको समेत सम्भावना छ ।

देशको तराईका भू–भागमा साताको मध्य तथा अन्त्यतिर सामान्यदेखि पूर्णतया बदली रही साताको मध्यमा थोरै स्थानमा हल्का वर्षा र साताको अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७८ पौष ११ गते (आइतबार)
दिउँसो :
देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। 

पहाडी भू–भागको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती : देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेश का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरू लगायत अन्य उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

२०७८ पौष १२ गते(सोमबार)
दिउँसो :
  देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशहरूको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।  उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

२०७८ पौष १३ गते (मङ्गलवार)
​​​​​​​दिउँसो :
देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। प्रदेश १ तथा प्रदेश २ को एक-दुई स्थान र बाकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ ।

राती : देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ।  उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ । देशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ८ : ०१ बजे