‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

केपी ओली नै प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारलाई कुनैपनि हालतमा बर्हिगमन गर्ने अडान राखेका प्रचण्ड र देउवाको सहमतिले फेल खाएपछि केपी ओली नै प्रधानमन्त्री बन्ने पक्का भएको छ । कांग्रेस–माओवादी गठबन्धनले बैकल्पिक सरकार गठनका लागि एमालेको माधव समूह र जसपाको ठाकुर समुहलाई मनाउन नसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्रीमा पुन नियुक्त हुने निश्चित भएको हो ।

प्रधानमन्त्री ओलीलाई हटाउन नेकपाकै माधव नेपाल समूहका २० जना सांसदको राजिनामा आउछ भन्ने ढुक्क भएको काँग्रेस अन्तमा जिल्लिएको छ । देउवाको प्रधानमन्त्री ओली र माधव नेपालबीच सहमति भएसँगै अन्य दलहरुको सरकार बनाउने सपना चकनाचुर बनेको हो ।

राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत दावी गरेर आउन दिएको समय आज राति नौ बजेबाट सकिदैछ । त्यसअघि नै कांग्रेस बैठकले वैकल्पिक सरकारको दावी नगर्ने निर्णय गरिसकेको छभने माओवादीपनि आफनो दाबीबाट पछि हटेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ७ : १८ बजे