बागमती प्रदेशसभाको चालु अधिवेशनको अन्त्य

हेटौडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेशसभाको दोस्रो कार्यकालको चौथो तथा १४औं अधिवेशन अन्त्य गरिएको हो । 

बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद दोवकोटाले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश अधिवेशन अन्त्य गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । मंगलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्‌को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

गत ३१ वैशाख २०८१ बाट सुरु भएको प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनमा ३७ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ ।


प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ८ : १६ बजे