घटस्थापनादेखि पूर्णिमासम्म रात्रीकालिन उडान हुने विमानस्थल राति १२ बजेसम्म संचालन हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई चापलाई ध्यानमा राखेर असोज १७ गतेदेखि ३० गतेसम्म रात्रिकालीन उडान हुने विमानस्थलहरूमा राति १२ बजेसम्म उडान हुने जानकारी दिएको छ ।

प्राधिकरणले भनेको छ-  

‘देशभर सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न असोज, १७-३० (घटस्थापना देखि पूर्णिमा) सम्म त्रि.अ.वि., गौतमबुद्ध, पोखरा लगायत रात्रिकालीन उडान हुने सम्पूर्ण  विमानस्थलहरू  बिहान ४:३० बजेदेखि राती १२:०० बजेसम्म नै (आवश्यकता अनुसार थप हुने) स संचालनमा आउने व्यवस्था मिलाइएको छ ।’


प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ४ : १२ बजे