ओली बालुवाटार नआउने, हामी बालकोट जाउँ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जानुपर्ने बताएका छन् ।

आज काठमाडौँमा सम्पादकहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई यस्तो प्रस्ताव गरेका हुन् । आफूहरुले बोलाउँदा ओली बालुवाटार नआएपछी उहाँलाई भेट्न बालकोट जानुपर्ने प्रस्ताव प्रधानमन्त्रीलाई गरेको उनले बताएका छन् ।

एमसीसीका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउँदा समेत अध्यक्ष ओली नआएको उनले बताएका छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ३ : ५५ बजे