साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

को बन्ला नयाँ जेम्स बोण्ड ?

काठमाडाैं – पाँच फिल्म र एक शंकास्पद पिंक टक्समा अभिनय गरेको १६ वर्षपछि डेनियल क्राग अर्थात् ‘जेम्स बोण्ड’को कार्यकाल सन् २०२१ को सुरुमा नै सकियो । डेनियलले आफ्नो ‘जेम्स बोण्ड’ करियरमा केही उत्कृष्ट फिल्महरु दर्शकलाई दिए । त्यही कारण अब आउने नयाँ ‘जेम्स बोण्ड’लाई डेनियलको पाइला पछ्याउन उत्तिकै चुनौतिपूर्ण छ ।

यो एक अत्यन्त महत्वपूर्ण कास्टिङ निर्णय हो । बक्सअफिसमा राजस्वको ठूलो रकम संकलन गर्न सही अभिनेता छनोट गर्न अतिआवश्यक भइसकेको छ ।

‘नयाँ बोण्ड भनेको रातो कार्पेटमा सुटमा सजिएर हिँड्नुमात्र होइन, ऊ एक फिल्म स्टार, फिल्म र सिरिजको एम्बेसडर, मिडिया कुटनीतिज्ञ, बृटिस संस्कृतिको अभिषिक्त छोरा र एक अर्ब डलरको इकोसिष्टमको अनुहार हुनुपर्छ’, ‘क्याचिङ बुलेट्सः मेमोर्स अफ ए बोण्ड फ्यान’का लेखक मार्क ओ कोनेल भन्छन्, ‘उसलाई जेम्स बोण्डको रुपमा संसारको सबै कुनाहरुमा तुरुन्तै चिन्न सकिन्छ । ऊ राम्रो देखिने, क्यामरा होल्ड गर्न र फूटबल पिचको आकारमा फिल्मको पर्दामा हावी हुन सक्नुपर्छ ।’

केही वर्षयता धेरै अभिनेताहरु बोण्डको उम्मेद्वारका रुपमा चर्चामा छन् । निर्माता बार्बरा ब्रोकोलीले एक वर्षअघि एक अन्तरवार्तामा ‘जेम्स बोण्ड जुनसुकै रंगको हुनसक्छ, तर उनी पुरुष हुन्’ भनेका थिए ।

जेम्स बोण्डको दाबेदारमा अभिनेता टम हार्डे अगाडि छन् । उनले ‘लिजेण्ड’, ‘म्याड मेक्सः फरी रोड’ जस्ता फिल्ममा अभिनय गरेका छन् । यी फिल्ममा उनले गरेको अभिनयका कारण पनि उनी बोण्ड बन्न कति सक्षम छन् भन्ने प्रष्ट्याउछ । ‘म क्रिस्टोफर नोलनको साथ बोण्डमा अभिनय गर्न चाहन्छु । यो आफैंमा गजब हुनेछ’, उनले भनेका छन् ।

अर्को सम्भावित अनुहारमा ४९ वर्षे इडरिस एल्बा पनि छन् । ‘द वायर’मा स्ट्रिन्जर बेलको भूमिकाले उनलाई अत्याधिक लोकप्रिय बनायो । तर उनको उमेरलाई अभिनयको सम्भावित अवरोध मानिन्छ । जो एक दशकको लागि ठोस भूमिका लिन चाहन्थे । सन् २०१६ को एक कार्यक्रममा उनले ‘कारहरु, महिलाहरु, मार्टिनहरु । कसले त्यो गर्न चाहन्छ ? यो डरलाग्दो सुनिन्छ’ भन्दै ठट्टा गरेका थिए । उनले बोण्ड फिल्ममा यी सुविधा लिनका लागि आफैं धेरै पुरानो भएको स्वीकारेका थिए ।

उमेरले ३३ मा हिँड्दै गरेका ब्रिजरटन स्टार रेगे–जीन पेज बोण्ड बन्नका लागि खराब अनुहार भविष्य होइनन् । उनी यस वर्ष रातो कार्पेटमा पाइला राख्दा ००७ का लागि अडिसन दिइरहेका थिए ।

‘गेम अफ थ्रोन्स’ स्टार रिचर्ड म्याडेन पनि जेम्स बोण्ड बन्ने दौडमा छन् । उनी बीबीसी ड्रामा ‘बडीगार्ड’बाट अभिनयमा उदाएका कलाकार हुन् । ‘म्याकमाफिया’ स्टार जेम्स नोर्टोन पनि बोण्ड बन्ने प्रतिष्पर्धामा छन् ।

‘फिफ्टी सेड्स अफ ग्रे’का आइरिस अभिनेता जेमी डोर्नेन पनि बोण्ड बन्ने दौडबाट बाहिर छैनन् । टेलिभिजन सिरिज ‘टेकन’ का क्लिभ स्टेण्डेन, ‘क्रेजी रिच एसियन्स’ स्टार हेनरी गोल्डिङ, ‘सुपरमेन’ अभिनेता हेनरी केभिललाई पनि सम्भावित नयाँ जेम्स बोण्डका रुपमा लिइएको छ ।

एजेन्सी

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १ : ४६ बजे