यी सडकखण्ड आज पनि पूर्णरुपमा अवरुद्ध

काठमाडौँ। पछिल्लो समयको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण बिपी राजमार्गसहित १२ वटा सडक पूर्णरुपमा अवरुद्ध छन् ।

विभिन्न स्थानमा खसेको पहरोका कारण बिपी राजमार्ग, फर्किङ र कान्ती लोकथप हुँदै उपत्यका भित्रिने र बाहिरिने सावरीसाधन बुधबार बिहान ८ बजेसम्म पूर्णरुपमा अवरुद्ध छन् ।

सिस्नेसी, लेले–टिकाभैरव, कुलेकाली–मार्खु, भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ, सिस्नेरी–दक्षिणकाली भएर सञ्चालन हुने सवारीसाधन चल्न सकेका छैनन् ।

काभ्रेपलान्चोकको चारसयवेशी,कालढुङगा, प्याकुरेल बिपी राजमार्ग र बाह्रबिसे–तातोपानी सडक अवरुद्ध छन् ।

यसैगरी, सिन्धुलीको सुनकोशि, फिक्कल मध्य महाडी लोकमार्ग, र रामेछाप–सिन्धुली (खुर्कोट) सडक पूर्णरुपमा अवरुद्ध छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १० : ३७ बजे