दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

थप ८९६० जनामा कोरोना संक्रमण पुष्टि, २१४ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा ८९६० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कुल ४ लाख ३१ हजार १९१ जना कोरोनाबाट संक्रमित भइसकेका छन् भने उपचार पश्चात निको भएर घर फर्किनेहरुको संख्या  ३ लाख २१ हजार ५१८ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरमा ५ हजार ५५ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । 

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ जना पुगेको छ । 

यस्तै आज थप २१४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने हालसम्म कुल मृतकको संख्या ४४६६ जना पुगेको छ । 
 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ५ : ५७ बजे