दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

१४ महिने बालकलाई अपहरण गरी भारततर्फ भाग्न लागेको एक युवक पक्राउ

जनकपुर । १४ महिने बालकको अपहरण गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा एक युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा भारत विहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी(घर भई हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका–६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बुधवार साँझ ७ बजेदेखि हराएका रासलाल मुखियाका १४ महिने छोरा कृष्ण मुखियाको खोजतलास गर्ने क्रममा प्रहरी टोलीले बिहीबार अपराह्न करिब ४ बजे नगराइन नगरपालिका–२ स्थित नेपाल भारतको सीमाना नजिकै बच्चालाई लिएर भारत तर्फ भाग्दै गरेको अवस्थामा ठाकुर पक्राउ परेका हुन् । 

प्रहरीले बालक कृष्ण मुखियालाई उद्धार गरी मुखियाको आमा सङ्गीता मुखियाको जिम्मा लगाएको छ । 

पक्राउ परेका भारतीय युवक सुरेश ठाकुरलाई धनुषा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ८ : ०३ बजे