‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पन्ध्र दिन भित्र सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्न निर्देशन

काठमाडौं – सरकारले निजी अस्पतालहरूलाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै १०० शैया भएका निजी अस्पतालहरुलाई १५ दिन भित्र अनिवार्य रुपमा अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जारी गर्नुभएको सूचनाका अनुसार अक्सिजनको आपूर्ति सहज बनाउन सम्पूर्ण निजी अस्पतालले पन्ध्रदिन भित्र अक्सिजन प्लान्ट जडान गरी मन्त्रालयमा जानकारी गराउनु अनुरोध गरिएको छ ।

मन्त्रालयले अक्सिजन प्लान्ट जडान गर्दा लाग्ने सम्पूर्ण भन्सार शुल्कमा छुटको व्यवस्था  जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ५ : ३७ बजे