दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

३० किलो गाँजा सहित पक्राउ

मकवानपुर – हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ३० किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा धनुषा नगराईन नगरपालिका-२ बस्ने ३४ वर्षीय सुबोध मण्डल र पर्सा पटेरवा सुगौली गाउँपालिका-३ बस्ने ३९ वर्षीय मुकेश राउत थारु रहेका छन् । हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको एनएल ०१ सी ३६५४ भारतीय नम्बर प्लेटको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा ३ वटा पोकामा गाडीको सिटमुनि लुकाई ल्याएको उक्त गाँजा सहित गाडी चालक मण्डल र गाडीमा सवार थारुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर आवश्‍यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ४ : ५३ बजे