बाढीको स्थितिमा सुधार

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा डा महाश्रम शर्मा नियुक्त

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा डा महाश्रम शर्मा नियुक्त हुनुभएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले नेकपा माओवादी केन्द्र निकटका शर्मालाई  बोर्डको अध्यक्षमा नियुक्त  गरेको हो । 
 राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिनुभएको थियो ।  

लोकसेवा आयोगले बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जना मध्येबाट ५ जनाको छोटो सूची बनाएको थियो । जसमा अध्यक्षमा नियुक्त भएका ललितपुर महानगरपालिका– ३ लतिलपुरका डा. महाश्रम शर्मा, बुढानीलकण्ठ नगरपालिका–९ काठमाडौंका दुर्गाप्रसाद पाण्डे, काठमाडौं महानगरपालिका ३० काठमाडौका प्रा.डा. महानन्द चालिसे, हल्दिवारी गाउँपालिका–१ झापाका प्रा.डा. घनश्याम भट्टराई र किर्तिपुर नगरपालिका ५, काठमाडौंका प्रा.डा. शोभाखर कंडेल हुनुहुनथ्यो  ।

असोज २५ गते बोर्डको पहिलो अध्यक्ष प्राडा चन्द्रमणी पौडेलको चार वर्षे अध्यक्ष कार्यकाल सकिएको थियो। अध्यक्षका लागि शिक्षा र प्राध्यापन क्षेत्रमा १२ वर्षको अनुभव हाँसिल गरि सोही समयमा परीक्षा व्यवस्थापन तथा संचालन समबन्धी कार्यमा कम्तीमा तीन वर्षको अनुभव भएको हुनु पर्ने मापदण्ड छ ।

शिक्षा ऐन २०२८ को आठौं संसोधनपछि ०७३ सालमा गठन भएको राष्ट्रिय परीक्षा बोर्डको पहिलो अध्यक्ष प्रा डा चन्द्रमणि पौडेल खुला प्रतिस्पर्धाबाटै बोर्डमा पुग्नुभएको थियो । 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ३ : २३ बजे