संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दै छ । 

दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको विरुद्ध प्राप्त उजुरीको विषयमा छलफल गर्ने कार्यसूची छ।  बैठकमा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गरिने छ ।

साथै आजको बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम आज कार्यतालिका तयार गरिनेछ ।

साथै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रारम्भ गर्ने पनि समितिले सूचनामा उल्लेख गरेको छ । 

संवैधानिक परिषद्ले गत भदौ ३१ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न सिफारिस गरेको छ । 

यसैबीच प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी परेको बताइएको छ । असोज ३ गते बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध उजुरी आह्वान गरेको थियो ।


प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ११ : ५६ बजे