दलित गाउँका पहिलो शिक्षक

हड्ताली न्यायाधीश उम्कने दाउँ : किर्ते लुकाउन न्याय परिषदलाई दोष

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो नागरिकता तथा उमेरसम्बन्धी विवादमा न्याय परिषदलाई दोष लगाएकी छिन् ।  सर्वोच्व अदालतमा परमादेश जारी गर्नेमध्येकी एक न्याधीस हुन् खड्का । उनी पछिल्लो समय न्यापरिषद् सुद्ताको लागि भन्दै अड्तालमासमेत उत्रर्दै आइरहेकी थिइन् ।  

केही समय अघि न्यायाधीश खड्काको दुईवटा नागरिकता र तीनथरी उमेरको प्रमाणसहित समाचार प्रकाशन भएको थियो ।  आफ्ना विषयमा प्रमाणसहित समाचार प्रकाशन भएपनि न्यायधिश खड्का भने यीत्तखेर किर्ते प्रकरणलाई छोप्न  दोष न्यायपरिषद्लाई दिंदै उम्कने दाउँमा रहेकी छिन् ।  

खड्काले शुक्रबार विज्ञप्ति जारी गर्दै आफूले जागिर प्रवेश गरेदेखिनै जन्म मिति २०१४ जेठ २ गते कायम गरेको तर न्याय परिषदको बुलेटिनमा त्रुटिवश आफ्नो जन्म मिति २१३ माघ २८ उल्लेख भएको दावी गरेकी हुन् । 
‘न्याय परिषदले प्रकाशित गरेको कुनै प्रकाशनमा त्रुटिवश कुनै न्यायधाीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएका कुरालाई लिएर न्यायाधीशको चरित्रमा प्रश्न उठाइनु उचित होइन ।’खड्काले विज्ञप्तीमा भनेकी छिन् । 
खड्काले न्यायपरिषदको बुलेटिनलाई दोष दिएर उम्किन खोजे पनि उनको २०३२ माघ २८ मा लिएको पहिलो नागरिकतामा १९ वर्ष उमेर लेखिएको छ ।

दोस्रोपटक २०३३ माघ २८ मा उनले १९ वर्ष नै कायम गरेर दोस्रो नागरिकता लिएको अभिलेख ललितपुर जिल्ला अदालतमा छ । 
खड्काले २०३८ मा सेवा प्रवेश गरेदेखि पुनरावेदन अदालतको न्यायाधीश हुने बेलासम्म जन्म मिति २०१३ माघ २८ राखेकी छन् । तर, मुख्य न्यायाधीश भएपछि भने २०१४ जेठ २ कायम गरिएको देखिन्छ ।

यसअघि सर्वोच्चकै प्रधानन्यायाधीश गोपाल पराजुलीको पनि नागरिकता कीर्ते गरेको पाइएको थियो । उनको पनि तीन वटा जन्ममिति पाइएको थियो । 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  २ : २५ बजे