सुनको मूल्यमा नयाँ कीर्तिमान

खोप कार्डमा मोदीको फोटोः उजुरी गर्ने व्यक्तिलाई उल्टै १ लाख जरिवाना

नयाँ दिल्ली – कोभिडको खोप कार्डमा मोदीको फोटो हटाउन माग गर्दै अदालतमा पुगेका व्यक्तिमाथि न्यायाधीशको समय बर्बादी गरेको आरोपमा एक लाख भारु जरिवाना तोकिएको छ । उनको उजुरी राजनीतिक ढंगले अभिप्रेरित भएको भन्दै केरलाको उच्च अदालतले जरिवाना तोकेको हो ।

ती व्यक्तिले कार्डमा मोदीको फोटो टाँसेर स्वास्थ्य जस्तो क्षेत्रमा सरकारले अनावश्यक प्रचार गरेको भन्दै अदालत पुगेका थिए । आफ्नो खोप कार्डमा मोदीको तस्बीर आवश्यक नभएको उनको तर्क थियो । आफूले पैसा तिरेर खोप लगाएको र खोप कार्डमा मोदीको फोटोको कुनै सान्दर्भिकता नभएको भन्दै फोटो हटाउन माग गरेका थिए ।

‘खोप कार्डमा प्रधानमन्त्रीको फोटोका कारण लाज लागेमा उनलाई त्यहाँ नहेर्ने सुविधा पनि छ,’ फैसलामा भनिएको छ । 

एजेन्सी

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  २ : ०५ बजे