सुनको मूल्यमा नयाँ कीर्तिमान

सेनाको यौन हिंसाविरुद्ध सुडानका महिलाहरू आन्दोलित

खार्तुम – यौन हिंसा र बलात्कारको बिरोधमा सुडानका महिलाहरुले राजधानी खार्तुममा सेनाबिरुद्ध प्रदर्शन गरेका छन् । सेनाको बलात्कारको विरोधमा महिलाहरु सडकमा उत्रिएका हुन् । 

यसै साता राजधानी खार्तुममा राष्ट्रपति निवास बाहिर सरकार विरोधी प्रदर्शनमा उत्रिएकामध्ये १३ महिला र युवतीलाई सुरक्षाकर्मीले बलत्कार गरेको राष्ट्रसंघले जनाएको छ । आफूहरु सेनाको यौन दुव्र्यवहारमा परेको भन्दै सामाजिक विकास मन्त्रालयको लैंगिक हिंसासम्बन्धी इकाइमा पुगेको सो इकाइकी प्रमुख सुलिमा इसाक्युले बताएकी छिन् । 

‘उनीहरुमध्ये दुई जनाको २४ घन्टाभित्र र अन्य ६ जनाको एक दिनपछि इकाइमा उपचार गरिएको छ,’ इसाक्युले भनिन् । अक्टोबरमा सेनाले गरेको कुको विरोधमा प्रदर्शनमा उत्रिएका दुई जनाको मृत्यु भएको छ । प्रदर्शनमा सेनाले गोली प्रहार गरेको थियो । 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १ : १६ बजे