दलित गाउँका पहिलो शिक्षक

सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१० शिखरपुरमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । 

आज बिहान ८ः३० बजे बा२ख ३६८९ नंको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिनुभयो ।

ट्रक लगभग १०० मिटर तल पुगेको स्थानीयवासीले बताएका छन् ।दुर्घटनामा  जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल कार्कीको मृत्यु भएको निरीक्षक राईले बताउनुभयो । कार्की गाडी धनी हुन् । 

अहिले प्रहरीले घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।रासस 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १० : ३५ बजे