झ्याप्लेखोलाबाट २५ शव निकालियो

आइएमई पे को दशैं विशेष अफर,केवल १ रुपैयाँमै हवाई टिकट !

काठमाडौं, १० असोज । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आउँदै गरेको नेपालीहरुको महान् चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गरी मात्र १ रुपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
असोज ८ गतेदेखि असोज २३ गतेसम्म चल्ने यस योजनाअन्तर्गत आइएमई पे एपमार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राही मध्ये दैनिक ५ भाग्यशाली सेवाग्राहीहरुले १ रुपैयाँमा टिकट प्राप्त गर्नेछन् । भाग्यशाली विजेताहरुले खरिद गरेको हवाई टिकटको १ रुपैयाँ अतिरिक्तको रकम क्यासब्याक प्रोमोकोड स्वरुप विजेता घोषणा गरेपश्चात प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यसैगरी, आइएमई पेमार्फत हवाई टिकट खरिद गर्दा ८१ रुपैयाँ क्यासब्याक प्राप्त गर्ने मौका पनि रहेको छ भने हरेक दिन हवाई टिकट खरिद गर्ने ३० जना सेवाग्राहीहरुले चन्द्रागिरी हिल्स केबलकार, मौलाकाली केबलकार र लुम्बिनी केबलकारको टिकटको लागि क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।
साथै आइएमई पेका प्रयोगकर्ताहरूले हवाई टिकट खरिद गर्ने समयमा ‘आइएमई पे रिफन्डेबल’ विकल्प सजिलैसँग स्विच गर्न सक्छन् र थोरै प्रिमियम तिरेर यसको फाईदा पूर्ण उठाउन सक्छन् । योजनाहरूमा परिवर्तन आउँदा प्रयोगकर्ताहरूले कम्पनीको ग्राहक सेवामा समर्पित कर्मचारीलाई सम्पर्क गरेर फिर्ताको अनुरोध गर्ने व्यवस्था मिलाएको पनि कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ३ : ३१ बजे