झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाउनुभएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताउनुभयो ।

बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा हुने जानकारी उहाँले दिनुभयो । बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ११ : ०९ बजे