यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

सोलुखुम्बुमा पहिरोबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो

सोलुखुम्बु । लगातारको बर्षाका कारण दुई फरक स्थानमा एको पहिरोमा परि सोलुखुम्बुमा ५ जनाको ज्यान गएको छ ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–९  छेवारमा वर्षासँगै आएको पहिरोमा परि ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।

मृत्यु हुनेमा २३ वर्षकी ल्हमु शेर्पा, ७ महिनाको फुर्वा लोप्साङ शेर्पा र ३० वर्षीय रिना तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घाइते हुनेमा सोही ठाउँ बस्ने याङ्जी शेर्पा हुनुहुन्छ । टाउकोमा गम्भीर चोट लागेर बोल्न नसक्ने अवस्थामा रहनुभएकी शेर्पाको टाप्टिङ स्थित वाङ्छु मेमोरियल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

त्यस्तै, सोलुदुधकुण्ड नगरपालिकाकै वडा नम्बर १० टाप्टिङ चैलुङ गाउँमा एकै घरका छोरी र बुहारीको पहिरोले घर पुरिँदा मृत्यु भएको छ। टेकबहादुर मगरको घर पहिरोले पुरिँदा उक्त घरमा किचिएर उहाँको ३० वर्षीय छोरी र ४१ वर्षीय बुहारीको मृत्यु भएको हो ।

ज्यान गुमाएका ५ जनाकै पोस्टमार्टम  टाप्टिङ स्थित वाङ्छु मेमोरियल अस्पतालमा गरिने सोलुदूधकुण्ड नगरपालिकाका नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले बताउनुभयो । पोस्टमार्टमकै लागि सदरमुकाम सल्लेरी ल्याउन निकै टाढा र प्रतिकुल मौसमका कारण कठिन हुने भएकाले टाप्टिङ अस्पतालमा डाक्टर पठाएर पोस्टमार्टम गर्ने व्यवस्था मिलाइएको मेयर शेर्पाको भनाइ छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : १५ बजे