साफ यू–१७ च्याम्पियनसिप आजदेखि

खाजा कार्यक्रम प्रभावकारी बनाउन ४२ वटा विद्यालयलाई चुलो र ग्यास प्रदान

तेह्रथुम । सरकारले विद्यार्थीलाई दिँदै आएको दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन तेह्रथुमको छथर गाउँपालिकाले विद्यालयलाई चुलो र ग्याँस प्रदान गरेको छ ।  

गाउँपालिकामा रहेको ४२ वटै विद्यालयलाई एक थान चुलो र एक थान ग्यास सिलिन्डर प्रदान गरिएको हो ।

दिवा खाजा कार्यक्रम अन्तर्गत यसअघि विद्यार्थीलाई हाजिरीको आधारमा नगद नै दिँदै आएकामा अब विद्यालयमै खाजा पकाएर खुवाइने भएको छ । 

विद्यार्थीले चाउचाउ, चटपटेलगायत खाने र त्यसले स्वास्थ्यमा असर गर्ने भन्दै सरकार नयाँ नीति ल्याएको हो ।

विद्यालयमा खाजा कार्यक्रम लागू गर्न सहज बनाउन स्थानीय सरकारले सामाग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले  बताउनुभयो । 

बाल कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

गाउँपालिकाले बाल कक्षामा अध्ययनरतलाई मनोरञ्जनसँगै बिद्यालय जान प्रेरित गर्न यसअघि 'एक विद्यालय एक टेलिभिजन कार्यक्रम' थालनी गरेको  गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयो ।

 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ८ : ०३ बजे