विपद् प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क डेटा

काठमाडौं ।  एनसेलले देशभर भारी वर्षाकासँगै आएका बाढी र पहिरोका कारण भोग्नु परिरहेको व्यापक क्षतिप्रति चिन्ता व्यक्त गर्दै विपद्को घडीमा एनसेलको साथः सञ्चार सेवा सुनिश्चित गर्न निःशुल्क डेटा भन्दै प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराउन सुरु गरेको छ ।

विपद्को समयमा आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन अरु सामान्य अवस्थामा भन्दा सञ्चार सेवाको आवश्यकता अझै झन बढी देखिनेभन्दै एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, एनसेल आफ्ना ग्राहकलाई उहाँहरुको परिवार, आफन्तजन, साथीभाइ र आवश्यक उद्धार तथा सहयोगका लागि सम्पर्कमा रहिरहन सञ्चार सेवा सुनिश्चित गर्न प्रतिबद्घ रहने जनाएको छ ।   भारी वर्षाका कारण सृजना भएको यस कठिन परिस्थितिलाई ध्यानमा राख्दै, एनसेलले आज शनिबार ९असोज १२, २०८१० बिहान देखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराइसकेको उस्ले जनाएको छ । यस पहलले हाम्रा ग्राहकलाई परिवार, आफन्तजन, साथीभाइसँग सम्पर्कमा रहन, महत्वपूर्ण जानकारी प्राप्त गर्न, तुरुन्तै आवश्यक सहयोगको लागि सम्पर्क गर्न र सुरक्षित रहन सहयोग पुर्याउने उदेश्य लिएको एनसेलले जनाएको छ ।    निःशुल्क डेटा उपलब्ध गराउनुका साथै, कम्पनीले हालको अवस्थाको मूल्यांकन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्ने जनाएको छ । नेपाली जनताको सुरक्षालाई सुनिश्चित गर्न र नेपाल सरकारको प्रयासमा सहयोग गर्न एनसेल विभिन्न विपद् व्यवस्थापनमा काम गर्ने निकायहरुसँग समन्वय र सहकार्य गरिरहेको पनि एनसेलले जनाएको छ ।   १ करोड ३० लाख भन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गर्ने एनसेल एक दूरसञ्चार सेवा प्रदायक कम्पनीमात्र नभई नेपाल र नेपाली समुदायहरूको एक अभिन्न अंग रहेको बताउँदै आफ्नो सेवा ग्राहकलाई अनलाइन राख्न मात्र सिमित नभई यो सेवाको मद्दले ग्राहकले आवश्यक सहयोग लिन पाउन, राहत तथा उद्धार कार्यका लागि समन्वय गर्न पाउन र आफ्ना परिवार तथा प्रियजनहरुसँग सम्पर्कमा रहिरहुन् भन्ने रहेको जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ७ : ५८ बजे