‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चार विद्यालयमा विद्युतीय पुस्तकालय

तनहुँ । व्यास नगरपालिकाका चार विद्यालयमा विद्युतीय पुस्तकालय निर्माण गरिने भएको छ । नगरपालिकाले शिक्षा मन्त्रालयको सहकार्यमा नगर क्षेत्रभित्र सञ्चालित चार विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न लागेको हो । 

विद्यार्थीलाई पछिल्ला विकास प्रविधिमा आबद्ध गरी नवीनतम् ज्ञान उपलब्ध गराउने नीतिबमोजिम विद्युतीय पुस्तकालय स्थापना गर्न लागिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रराज रेग्मीले जानकारी दिनुभयो । विद्युतीय पुस्तकालय स्थापनाका लागि सबै विद्यालयसँग प्रस्तावना माग गरिएको र विद्यालयहरूले नगरपालिकामा प्रस्तावना पेश गरेको रेग्मीले बताउनुभयो । “पेश भएका प्रस्तावनाउपर छलफल गरेर विद्यालय छनोट अन्तिम चरणमा पुगेको छ, एक÷दुई दिनभित्रै विद्यालय छनोट भएपछि पुस्तकालय स्थापनाको काम अगाडि बढ्छ”, रेग्मीले भन्नुभयो । विद्युतीय पुस्तकालय स्थापनाका लागि प्रत्येक विद्यालयलाई रु छ लाख ५० हजारका दरले बजेट उपलब्ध गराइनेछ ।     

सूचना र प्रविधिको विकाससँगै विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने नीति लिइएको छ । बिनाइन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएसँगै परम्परातरूपमा सञ्चालन हुँदै आएका पुस्तकालयको विकल्पमा रूपमा विद्युतीय पुस्तकालयको माग बढेको छ । 

नगरपालिकाले तीन विद्यालयमा आइसिटी स्थापना गर्ने भएको छ । ती विद्यालयलाई रु ५० हजारका दरले बजेट प्रदान गरिनेछ । त्यस्तै तीन विद्यालयका लागि विज्ञान प्रयोगशाला र पाँच विद्यालयमा विद्यालय सामग्री खरिदका लागि रु ५० हजारका दरले बजेट उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ७ : ४७ बजे