‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जसपा महन्थ–राजेन्द्र पक्षका सांसदहरु भक्तपुरको होटलमा

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले आफ्नो पक्षका सांसदलाई भक्तपुरको एक होटलमा भेला राखेको छ । भेलामा १९ जना प्रतिनिधिसभा सदस्य सहभागी भएको ठाकुर पक्षका एक नेताले जानकारी गराएका छन् ।  उपेन्द्र यादव पक्ष र ठाकुर पक्षका सांसद तानातानको अवस्था उत्पन्न भएपछि नाम नबताउने शर्तमा होटलमा छलफल भएको ती नेताले बताए । अध्यक्ष ठाकुर र महतोले बिहीबार विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका थिए ।देउवासँगको भेटवार्तापछि उनीहरु आन्तरिक तयारीमा जुटेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज बेलुका ९ बजे सकिदैछ ।
 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ४ : ०२ बजे