माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

बर्षाले स्थगित भयो महिला लिगको आजको खेल

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी महिला लिगअन्तर्गत आज हुने भनिएको खेल स्थगित भएको जानकारी दिएको छ ।

आज महिला फुटबल लिग अन्तर्गत अपराह्न १ बजे संकटा क्लब र नेपाल पुलिस क्लबबीच खेल हुने तालिका थियो ।

लगातारको बर्षापछि एन्फाले आजको खेल स्थगित गरेको हो । एन्फाले यो खेलको तालिका पछि प्रकाशित गर्ने जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ११ : २४ बजे