मन्थली विमानस्थलमा पानी पस्यो

२८ विद्यार्थीसहित ३३ जना नदीका बिचमा फसे

काठमाडौं। सिन्धुली जिल्लीकाे सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरूकुलका २८ विद्यार्थी र गुरूसहित ३३ जना नदीबिचमा फसेका छन् ।

सुनकोशीको सतह बढेर मन्दिरसम्म आइपुगेको र रोशी खोलाले मन्दिरको दुवैतिरबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरूकुलका शिक्षक नारायण घिमिरेले बताउनुभयो । अहिले विद्यार्थी र शिक्षक गुरूकुलको भवनको माथिल्लो तलामा रहेका छन् । बिजुली र इन्टरनेटको पहुँच छैन ।

उनीहरूको उद्धारका लागि कतैबाट सम्पर्क र पहल नभएको गुनासो गुरू नारायण घिमिरेको छ । उहाँले उद्धारको पहल गरिदिन मिडियाकर्मीलाई आग्रह गर्नुभयो ।

सिन्धुली प्रमुख जिल्ला अधिकारी लीला शर्माका अनुसार उद्धारका लागि नजिकै सेना र सशस्त्र प्रहरीको टोली राखिएको छ । उद्धार प्रयास भइरहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : ४८ बजे