‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

थप २ सय ९३ जनामा  कोरोना संक्रमण 

काठमाडौं ।  पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

११ हजार ६२६ जनाको नमूना परीक्षणमा  २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पीसीआरबाट २४१ र एन्टिजेनबाट ५२ जना गरि २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बिहीबार २६३ जना कोरोनाबाट कोरोनामुक्त भएका छन् । हाल ५ हजार १६१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८१ पुगेको छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ३ : ४१ बजे