सुनको मूल्यमा नयाँ कीर्तिमान

मुलुकको व्यापारघाटा डरलाग्दो अवस्थामा

काठमाडौं – सरकारले आयात प्रतिस्थापन गर्दै निर्यातलाई प्रोत्साहन गर्ने भाषण गरे पनि मुलुकको व्यापारघाटा भने डरलाग्दो अवस्थामा पुुगेको छ । 

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा देशको वैदेशिक व्यापारघाटा ५४ दशमलव ७० प्रतिशतले वृद्धि भई सात खर्ब ३५ अर्ब पुगेको छ । यस अवधिमा नेपालबाट एक खर्ब दुई अर्ब बराबरको निर्यात भए पनि आयात भने आठ खर्ब ३८ खर्ब रुपैयाँ बराबरको भएको छ । 

गत वर्षको तुलनामा यस अवधिमा आयात ५९ दशमलव ५५ प्रतिशत र निर्यात १०५ दशमलव ६१ प्रतिशतले वृद्धि भएको छ । गत आवको मंसिरसम्ममा पाँच खर्ब २५ अर्ब ४९ करोडको आयात तथा ५० अर्ब पाँच करोडभन्दा धेरैको निर्यात भएको थियो ।

उच्च आयातका कारण मुलुको शोधानान्तर घाटा उच्च हुनुका साथै वैदेशिक मुद्रा संचिती पनि घट्दै गएको छ । उच्च आयातका कारण देशको भुक्तानी सन्तुलन नै बिग्रन थालेपछि नेपाल राष्ट्र बैंकले सुनचाँदीलगायतका बहुमूल्य र सवारीसाधान, श्रृंगारलगायतका विलासी सामानको आयातमा निरुत्साहित गर्ने नीति लिएको छ । 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  १ : ५९ बजे