यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१÷०८२ को पहिलो महिना गत श्रावणको तथ्यांकलाई आधार मानेर देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।
जसअनुसार राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । त्यस्तै आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घटेको छ भने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ ।
यसैबीच शोधनान्तर स्थिति रु.४० अर्ब ९० करोडलेबचतमा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति रु.२०९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ ।
नेपाल सरकारको खर्च रु.४० अर्ब २१ करोड र राजस्व परिचालन रु.९४ अर्ब ७४ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.८ प्रतिशतले बढेको देखिएको छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.७ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १२ : ५९ बजे