यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

प्रधानमन्त्री ओली र कतारका प्रधानमन्त्रीबीच भेटवार्ता

न्युयोर्क (अमेरिका) ।संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।

राष्ट्रसङ्घका लागि कतारको स्थायी नियोगको कार्यालयमा भएको भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ७ : २७ बजे