बाढीको स्थितिमा सुधार

माओवादीबाट विजयी गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्नुहुने

काठमाडौँ । गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा विजयी भएका जालिम मियाँनेकपा एमाले प्रवेश गर्ने गर्नुहुने भएको छ  ।

गाउँपालिका अध्यक्ष मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने हुने कार्यक्रम रहेको छ ।

अध्यक्ष मियाँसहितको टोलीलाई पार्टी प्रवेश गर्ने कार्यक्रमलाई सम्बोधन गर्न  लागि अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेल आज पर्सा जाँदै हुनुहुन्छ ।

माओवादी केन्द्रबाट सांसद उम्मेदवार मुसलिन मियाँ अन्सारीसहित सोही गाउँपालिकाका वडा अध्यक्षहरू पनि एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको एमाले पर्सा जिल्ला कमिटीले जनाएको छ । 

कार्यक्रम व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य प्रभु साह, रघुवीर महासेठलगायत प्रदेश २ का नेता पर्सा पुगिसक्नुभएको छ  ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  १० : ०२ बजे