दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सवारी ज्यान मुद्दाका फरार अभियुक्त ६ वर्षपछि पक्राउ

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले सवारी ज्यान मुद्दामा फरार एक जनालाई ६ वर्षपछि पक्राउ गरेको छ ।

एक वर्ष १० महिना कैद सजाय भई फरार रहेका बेँसीशहर नगरपालिका १ उदिपुरका रुकेश विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

रुकेशलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटीएको बिशेष टोलीले  बेँसीशहर नगरपालिका ८ बाट  बुधबार पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताउनुभयो ।  रुकेशले चलाएको बसले ०७३ साल असार महिनाको १९ गते चितवन जिल्लाको कुरिनटारमा पैदल यात्रिलाई ठक्कर दिँदा मृत्यु भएको थियो ।

रुकेश उपर ०७५ साल माघ ८ गते उक्त कैद सजाय हुने गरी चितवन जिल्ला अदालतबाट मुद्दा फैसला भएकोमा उनी फरार रहेका थिए । पक्राउमा परेका रुकेशलाई बुधबार जिल्ला अदालत लमजुङमा पेश गरी कैद भुक्तान गर्नको लागि कारागार चलान गरिएको छ । 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ९ : २५ बजे