काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरू भएको छ।
माधव नेपाल बालुवाटार जान नमानेपछि नेताद्वय काठमाडौं बूढानीलण्ठस्थित व्यवसायी रामेश्वर थापाको घरमा वार्तामा जुट्नुभएको हो ।
चार नेतामाथिको कारवाही फिर्तापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसँग भेटेर पार्टी एकताको लागि थप पहलसुरु गर्नुभएको हो ।
आजै माधव पक्षसहितको स्थायी कमिटी बैठक बोलाउने एमालेको तयारी छ । आज बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी र सरकारको सन्दर्भमा निर्णय गर्ने अधिकार ओलीलाई दिएको छ ।
प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार २ : २९ बजे
प्रतिक्रिया