‘एउटै नाउरको सिकार गर्न २३ लाख’

साविक विजेता नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । बंगलादेशमा आज बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन महिला भलिबलमा साविक विजेता नेपालले श्रीलंकाको सामना गर्दैछ । 

ढाकामा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ मा सुरु हुनेछ । अरुण शाहीको कप्तानीमा रहेको नेपाल श्रीलंकालाई हराउँदै सुखद् सुरुआतको खोजीमा हुनेछ । महिलातर्फ ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्स र उज्वेकिस्तानबीच हुनेछ ।

प्रतियोगितामा नेपाल र श्रीलंकासहित आयोजक बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान र उज्वेकिस्तानले राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ८ : ४१ बजे